६ साउन । नेपाली सेनाका पूर्व जर्नेल तथा विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको निधन आइतबार बिहान भएको छ ।
सिंहको उपचारको क्रममा ललितपुरस्थित बयोधा अस्पतालमा निधन भएको हो । अस्पतालले आइतबार बिहान ३ः१५ बजे उनको निधन भएको पुष्टि गरेको छ ।
८२ बर्षीय सिंहलाई पहिले पिशाब सम्बन्धी समस्या थियो । पछि निमोनिया देखिएको र अन्ततः हृदयाघातका कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
सिंहको पार्थिव शरीरलाई दिउँसो साढे १२ बजे अन्तिम श्रञ्द्धाञ्जलीका लागि केहीबेर वनकालीमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने विश्व हिन्दु महासंघले जानकारी दिएको छ ।
सेनामा छंँदा उनले लामो समय राजदरबारमा काम गरेका थिए ।
प्रतिकृया दिनुहोस्