६ साउन । स्वास्थ्य शिक्षा सुधारको माग राखी अनशनरत डा. गोविन्द केसीका सर्मथकले आइतबार काठमाडौंको वसन्तपुरमा सामूहिक अनसन बसेका छन् ।
सोलिडारिटी फर डा. केसी अभियानले आयोजना गरेको उक्त सामूहिक अनसन बिहान १० देखि ५ बजेसम्म हुनेछ ।
अनसनमा सामाजिक अगुवा, राजनीतिक दलका नेता, चिकित्सक, नर्स, विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, कानून व्यवसायी तथा विद्यार्थीहरू समेत सहभागी हुने अभियानले जनाएको छ ।
प्रतिकृया दिनुहोस्