Birendranagar Municipality

कानून मन्त्रीले मागे माफी (विज्ञप्ती सहित)

सेरोफेरो
कानून मन्त्रीले मागे माफी (विज्ञप्ती सहित)

६ साउन । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सार्वजनिक भाषणमा आफुले बोलेको कुराप्रति माफी मागेका छन् ।


आफ्नो भनाईले बंगलादेशमा डाक्टरको रुपमा अध्ययन गरिरहेका र अध्ययन गरेर फर्किएका छात्राहरुलाई चोट पर्न गएको भन्दै उनले माफी मागेका हुन ।


साउन ४ गते प्राक्सिस इन्टरनेशनल एकेडेमीले एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न राखेको कार्यक्रममा मन्त्री तामाङले बंगलादेशमा अध्ययन गर्न जाने नेपाली युवतीहरु यौन शोषणमा पर्ने गरेको बताएका थिए ।


सर्वत्र बिरोध भएपछी मन्त्रीले आइतबार विज्ञप्ती निकालेर माफी मागेका छन् ।

Press-Release-Sher-Bahadur-Tamang

२०७५ साउन ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्