६ साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको क्षतीको जिम्मेवारी पदाधीकारीले लिनुपर्ने कर्मचारी कल्याणकारी समाज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग गरेको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै समाजले घटनाको यर्थात छानविनका साथै पदाधिकारीले घटनाको जिम्मेवारी लिन माग गरेको हो ।
अध्यक्ष रामकान्त उपाध्यायद्धारा हस्ताक्षेरीत प्रेस विज्ञप्तीमा भौतिक संरचना तोडफोडका साथै अन्य घटनाको भत्सर्ना गर्दछौ, भनिएको छ, यस्तै डाक्टर गोविन्द केसीको जिवन रक्षाको विषयमा गम्भिर बनेको प्रतिष्ठानले जनाएको छ । उक्त घटनाको यथासिघ्र छानविन गरि दोषी माथी कार्वाही नगरिएमा कर्मचारी कल्याणकारी समाज कडा भन्दा कडा आन्दोनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने समेत उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी बाहेकका अन्य सेवा बन्द गरिएको छ । दोहोेरो झडप पछि भएको भौतिक क्षतिले सेवा दिन नसकिएको भन्दै अरु सबै सेवा बन्द गरिएको अस्पताल निर्देशक धर्मराज गोसाइले बताए । यस्तै प्रतिष्ठानमा भएको क्षतिको विवरण इन्जिनियर आएर हेरे पछि मात्र भन्न सकिने उनका भनाइ छ । यसैवीच, गत विहिबार देखी बन्द रहेको प्रतिष्ठानको सेवा प्रवाह आइतवार बाट पुःन शुरु भएको छ ।
आइतवार मात्र २४८ जनाले सेवा लिएको ओपिडि असिस्टेन धन बहादुर शाहिले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्