Birendranagar Municipality

रुकुमका सबै तहमा माओवादीको जित


सेरोफेरो
४ जेठ, रुकुम । नेकपा माओवादी केन्द्रले रुकुमका ६ वटै स्थानीय तहमा विजय हासिल गरेको छ । भर्खरै आठविसकोट नगरपालिकामा पनि जितेपछि जिल्लाका ६ वटै तहमा जित हासिल गरेको हो । यस अघि दुईवटा नगरपालिका र ३ गाउँपालिका जितेको थियो ।


आठविसकोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका गोर्खबहादुर केसीले नेपाली कांग्रेसका धीरेन्द्र बटाला र उपप्रमुखकी उम्मेदवार गीता नेपालीले कांग्रेसकी अनिता बुढालाई पराजित गरिन् ।


विजयी केसीले कांग्रेसका बटालालाई २ हजार ३४ मतले पछि पारे । केसीको ५ हजार ६ सय २९ मत आएको छ भने बटालाले ३ हजार ५ सय ९५ मत ल्याएका छन् । यसैगरी उपप्रमुखमा विजयी माओवादी केन्द्रकी नेपालीले कांग्रेसकी बुढालाई २ हजार ४ सय ३१ मतले पछि पारिन् । नेपालीको ५ हजार ६ सय १८ आएको छ भने बुढाले ३ हजार १ सय ८७ मत ल्याएकी छिन् ।

नेकपा एमालेको तर्फबाट प्रमुखका उम्मेदवार हरिप्रसाद शर्माले २ हजार ४ सय ३५ मत र उपप्रमुख अमृता शाहले २ हजार ७ सय ८६ मत ल्याइन ।


१४ वडा रहेको आठविसकोटमा ११ वडामा माओवादी केन्द्रको पूरै प्यानल विजयी बनेको छ । नेपाली कांग्रेसले २ र नेकपा एमालेले १ वडामा विजय भएका छन् । नेपाली कांग्रेसले ७ र ९, नेकपा एमालेले १३ नम्बर वडामा प्यानलै जितेका छन् । अन्य सबै वडामा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।


पहिलो चरणमा निर्वाचन भएका ६ स्थानीय तहका ७३ वडामध्ये ५८ वडा माओवादी केन्द्रले जितेको छ । नेपाली कांग्रेस १३ र नेकपा एमाले २ वडामा विजयी भएका छन् ।

२०७४ जेठ ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्