Birendranagar Municipality

झुप्रा खोलामा डुबेर मृत्यु

सेरोफेरो/सुर्खेत

८ साउन । नुहाउन भनि झुप्रा खोला गएका लोक ब.शाहीको डुबेर मृत्यु भएको छ ।


वीरेन्द्रनगर नगरपालिका ११ झुप्रा खोला बस्ने ५३ वर्षिय शाही आइतबार साँझ ६ बजे नुहाउन जान्छु भनि घरबाट हिडेका थिए ।


त्यसदिन घर नफर्किएपछी खोजी गर्दा सोमबार घरनजिकैको झुप्रा खोलामा डुबेको लास भेटीएको प्रहरीले जनाएको छ ।


उक्त लासलाई प्रहरीको प्रारम्भिक अनुसन्धान पछि पोष्टमार्टमको लागि क्षेत्रिय अस्पतालको लाश घरमा राखिएको छ ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७५ साउन ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्