Birendranagar Municipality

कानून मन्त्री शेर बहादुर तामाङको राजीनामा

पद भन्दा प्रतिष्ठाको आधारमा राजीनामा दिएँ –मन्त्री
सेरोफेरो/काठमाडौं
कानून मन्त्री शेर बहादुर तामाङको राजीनामा

तस्बिर:धर्म आचार्यको फेसवुकबाट

८ साउन । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले नैतिकताको आधारमा भर्खरै मन्त्री पदबाट राजीनामा दिएका छन् । 

 

बंगलादेशमा डाक्टरको रुपमा अध्ययन गरिरहेका र अध्ययन गरेर फर्किएका छात्राहरुको सन्दर्भमा बोलेको आफ्नो कुराले सम्पुर्ण महिलामा चोट पर्न गएको भन्दै उनले राजीनामा दिएका हुन् ।


साउन ४ गते प्राक्सिस इन्टरनेशनल एकेडेमीले एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न राखेको कार्यक्रममा मन्त्री तामाङले बंगलादेशमा अध्ययन गर्न जाने नेपाली युवतीहरु यौन शोषणमा पर्ने गरेको बताएका थिए ।


आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफु निरन्तर नारी अस्मिताको सम्मान गर्ने, महिला हक अधिकारको लागी लड्ने मान्छे भएको भन्दै एउटा बोलीको कारण यस्तो अवस्था भोग्नु परेको बताए ।


‘एउटा बोलिलाई लिएर मलाई विवादमा तानिने कार्य भएको छ । महिलाको हरेक कुरामा अति संवेदनशिल व्यक्ति हुँ । मेरो बारेमा बुझे हुन्छ । महिला भनेका आमा, जीवन साथी र छोरी हुन’ मन्त्री तामाङले भने ‘विबादित भएपछि पद भन्दा प्रतिष्ठाको आधारमा राजीनामा दिएँ ।’


छोरीको अंश र बंश, आमाको नामबाट नागरिकता पाउनुपर्ने कुरामा आफू लडेको भन्दै उनले कतिपय मिडियाले आफ्नो भाषणको विषयमा ‘टाउको र खुट्टा’ काटेर बिचको कुरा मात्र पोष्ट गरेर अझ भ्रम फैलाउन लागी परेको, नेकपाका महिला नेताको अनुमति बिना राजीनामा माग गरिएको कुरा प्रकाशित गरेको कुरामा दुःख व्यक्त गरे ।


यसैगरी उनले दात्री निकायबाट नेपालमा आउने पैंसाको एकद्वार प्रणाली बनाइनु पर्ने, भ्रण्टाचार न्युनिकरण, लगाएतका आफूले उठाएका मुद्दाको कारण आफुलाई असहयोग गरेको भन्दै उनले राजिनामा पछि धमिलो पानीमा माछा मार्ने सोचका साथ पार्टी र सरकारलाई कमजोर पार्नेहरुको बिरुद्धमा लागिरहने बताए ।

२०७५ साउन ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्