ओ ! शेरबहादुर तिमीसँग के छ ?
'मार्शी प्रसाई'सँग आज देश छ
समृद्धिका अचूक खाका छ
सूनको कचौरा चाँदीको चम्चा छ
खाने मार्शी चामाल छ
झर्के थाल छ
तेही थालमा एकै टेबलमा बसी
सँगै खाने साथमा दाहाल र ओली छ
ओ ! शेर बहादुर तिमी सँग के छ ?
ओ ! शेरबहादुर
तिमीसँग छ, त केवल
उनिहरु कै पछी लाग्ने नश्लीय चेत छ
हनुमाने पगरी छ
उनिहरुलाई पदमा
पुर्याइदिने आफ्नै छाती भर्याङ छ
उनिहरु कै मलद्वार लाई
हरिद्वार सम्झि नमस्कार गर्ने दुई हात छ
तेसैले त शेरबहादुर
तिमीमा परेको यस घडीमा
तिमी सँग आज
न राज्य छ
न दाहाल र ओली छ
तिम्रो आँशु पुछि दिने
न आफ्नै समुदाय छ
ओ ! शेर बहादुर तिमी सँग के छ ?
प्रतिकृया दिनुहोस्