Birendranagar Municipality

वीनपा ६ मा कांग्रेस विजयी

सेरोफेरो
४ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ को अध्यक्षमा नेपाली कांग्रेसका मोतिप्रसाद कंडेलको प्यानल विजयी भएको छ ।  उनले नेकपा एमालेका नन्द भण्डारीलाई १८२ मत अन्तरले पछि पारे ।


विजयी कंडेलले ८२४ मत ल्याए भने एमालेका नन्द भण्डारीले ६४२ मत ल्याएका थिए ।


यसैगरी वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका देवकुमार सुवेदी र उपमेयरमा एमालेका मोहनमाया ढकालले अग्रता लिएका छन् । पछिल्लो मत गणना अनुसार मेयरमा कांग्रेसका सुवेदीले ६६३१, एमालेका बालाराम शर्माले ५४६३, माओवादीका रत्न बहादुर गाहामगरले २०८१ र स्वतन्त्रका गेहेन्द्र प्रसाद दहालले ३२५ मत ल्याएका छन् ।


यसैगरी उपमेयरमा कांग्रसकी जानकी सिङले ६२०४ र एमालेकी मोहनमाया ढकालले ६५४४ मत प्राप्त गरेका छन् ।

२०७४ जेठ ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्