९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई कसरी अगाडि बढाउने भन्ने बिषयमा सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् । बुधबार बालुवाटारमा बसेको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौं सभा बैठकलाई सम्बोधन गर्दा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ? सो अनुसार शिक्षण संस्था खोल्नु पर्ने पनि प्रधानमन्त्री ओलीको भनाइ छ । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण प्रमाणपत्र गौरव भन्दा पनि पीडाको बिषय बनेको उनले बताए ।
'चाहिएको छ कृषि विज्ञ प्रमाणपत्र छ अरु नै बिषयको यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ', प्रधानमन्त्री ओलीले भने, 'अनि प्रमाणपत्र पाउँदाको उत्साह केही दिनमै पीडामा बदलिन्छ ।'
प्रधानमन्त्रीका अनुसार अब सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही अनुसार मात्र शिक्षण संस्था खोल्नका लागि सिफारिस गरिने छ ।
प्रतिकृया दिनुहोस्