९ साउन । पाकिस्तानमा चुनाव भइरहेका बेला एक मतदान केन्द्र नजिक बिस्फोट भएको छ । जसका कारण ३१ जनाको ज्यान गएको छ ।
क्वेटा प्रान्तमा भएको एक मतदान केन्द्र नजिक बिस्फोट भएको बिबिसीले उल्लेख गरेको छ । पूर्वी बाइपास नजिक नजिक रहेको मतदान केन्द्र छेउमै बिस्फोट भएको हो । घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा ज्यान गुमाउनेमा प्रहरी पनि रहेका छन् ।
बुधबार पाकिस्तानमा कडा सुरक्षा व्यवस्थाका बिच संसदीय तथा प्रान्तीय चुनावका लागि मतदान भइरहेको छ । स्थानीय समय अनुसार बिहान ८ बजेदेखि मतदाता भोट हाल्नका लागि लाइनमा बसेका छन् ।
प्रतिकृया दिनुहोस्