Birendranagar Municipality

दैलेखमा माओवादी केन्द्र निल : एमाले सात र काँग्रेस चार स्थानमा विजयी

दैलेखमा माओवादी केन्द्र निल : एमाले सात र काँग्रेस चार स्थानमा विजयी

सेरोफेरो

४ जेठ, दैलेख । दैलेख जिल्लाका सम्पूर्ण स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । ११ स्थानीय तहमध्ये नेकपा एमालेले सात स्थानमा विजय हासिल गरी अग्र स्थानमा रहेको छ ।


एमालेले सात प्रमुख र उपप्रमुख हात पारेको छ भने नेपाली काँग्रेसले चार प्रमुख र उपप्रमुख विजय हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले कुनैपनि स्थानीय तहका प्रमुख वा उपप्रमुख पदमा जित्न सकेन ।

 

दैलेखमा चार नगरपालिका र सात गाउँपालिका छन् ।

 

विस्तृत मत परिणाम :

 

नारायण नगरपालिका
मेयर : नेकपा एमाले, रत्नबहादुर खड्का, प्राप्त मत ४७२५ विजयी
मेयर : नेपाली काँग्रेस, मणिराम रेग्मी, प्राप्त मत ४४५१

उप–मेयर : नेकपा एमाले, सावित्री मल्ल, प्राप्त मत ४८६६ विजयी
उप–मेयर : नेपाली काँग्रेस, वासना थापा, प्राप्त मत ४२७९

 

दुल्लु नगरपालिका
मेयर : नेपाली काँग्रेस, घनश्याम भण्डारी, प्राप्त मत ६४४९ विजयी
मेयर : नेकपा एमाले, बरुनाथ योगी, प्राप्त मत ६२८०
उप–मेयर : नेकपा एमाले, विष्णा थापा, प्राप्त मत ६४७८ विजयी
उप–मेयर : नेपाली काँग्रेस, कृष्णाकुमारी शाही, प्राप्त मत ६१०९

 

आठबिस नगरपालिका
मेयर : नेकपा एमाले, खड्गराज उपाध्याय, प्राप्त मत ३९२७ विजयी
मेयर : नेपाली काँग्रेस, प्रेम प्रकाश शाही, प्राप्त मत ३७८०
उप–मेयर : नेपाली काँग्रेस, दिपा बोहोरा, प्राप्त मत ४१८७ विजयी
उप–मेयर : नेकपा एमाले, गौमता वि क, प्राप्त मत ३९९०

 

चामुण्डा विन्द्रासैनी नगरपालिका
मेयर : नेकपा एमाले, सुर्यबहादुर शाही, प्राप्त मत २७१३ विजयी
मेयर : नेपाली काँग्रेस, गणेशबहादुर शाही, प्राप्त मत २४८०
उप–मेयर : नेकपा एमाले, तारा शाही, प्राप्त मत २४५४ विजयी
उप–मेयर : नेपाली काँग्रेस, ईन्द्रा शाही, प्राप्त मत २०६७

 

नौमूले गाउँपालिका
अध्यक्ष : नेपाली काँग्रेस, भद्रे बुढामगर, प्राप्त मत ३१५२ विजयी
अध्यक्ष : नेकपा एमाले, लिलबहादुर राम्जाली, प्राप्त मत २६४४
उपाध्यक्ष : नेपाली काँग्रेस, अमृता सिंह, प्राप्त मत ३२८० विजयी
उपाध्यक्ष : नेकपा एमाले, झरना चन्द, प्राप्त मत २७३४

 

भगवतीमाइ गाउँपालिका
अध्यक्ष : नेकपा एमाले, दानबहादुर थापा, प्राप्त मत २३२९, विजयी
अध्यक्ष : नेपाली काँग्रेस, दशरथ खड्का, प्राप्त मत १७८९
उपाध्यक्ष : नेकपा एमाले, चन्द्रा रेग्मी, प्राप्त मत २४२१ विजयी
उपाध्यक्ष : नेपाली काँग्रेस, मीना खड्का, प्राप्त मत १८२९

 

डुङ्गेश्वर गाउँपालिका
अध्यक्ष : नेपाली काँग्रेस, नगेन्द्र मल्ल, प्राप्त मत २८८७ विजयी
अध्यक्ष : नेकपा एमाले, मानबहादुर विष्ट, प्राप्त मत २४६९
उपाध्यक्ष : नेपाली काँग्रेस, सीता ज्ञवाली, प्राप्त मत २६२८ विजयी
उपाध्यक्ष : नेकपा एमाले, कलावती न्यौपाने, प्राप्त मत २६१८

 

गुराँस गाउँपालिका
अध्यक्ष : नेपाली काँग्रेस, खेमराज वली, प्राप्त मत ४१६४ विजयी
अध्यक्ष : नेकपा एमाले, प्रेमबहादुर खड्का, प्राप्त मत ३४३२
उपाध्यक्ष : नेपाली काँग्रेस, दिपाकुमारी वि.सी, प्राप्त मत ४०३७ विजयी
उपाध्यक्ष : नेकपा एमाले, प्रभादेवी गुरुङ, प्राप्त मत ३५१४

 

भैरवी गाउँपालिका
अध्यक्ष : नेकपा एमाले, प्रेमबहादुर बुढा, प्राप्त मत ३५८४ विजयी
अध्यक्ष : नेपाली काँग्रेस, जर्नादन ज्ञवाली, प्राप्त मत ३०७७
उपाध्यक्ष : नेकपा एमाले, पदमकुमारी विष्ट, प्राप्त मत ३४७८ विजयी
उपाध्यक्ष : नेपाली काँग्रेस, बसन्ता थापा, प्राप्त मत २९८२

 

महाबु गाउँपालिका
अध्यक्ष : नेकपा एमाले, जंगबहादुर शाही, प्राप्त मत ३५२२ विजयी
अध्यक्ष : नेपाली काँग्रेस, कर्णबहादुर शाही, प्राप्त मत २९००
उपाध्यक्ष : नेकपा एमाले, प्रेमकुमारी वुढा, प्राप्त मत ३५०८ विजयी
उपाध्यक्ष : नेपाली काँग्रेस, मञ्जुकुमारी पाण्डे, प्राप्त मत २८८७

 

ठाँटीकाँध गाउँपालिका
अध्यक्ष : नेकपा एमाले, धिरबहादुर शाही, प्राप्त मत १९२४ विजयी
अध्यक्ष : नेपाली काँग्रेस, रक्षबहादुर शाही, प्राप्त मत १५६२
उपाध्यक्ष : नेकपा एमाले, सुस्मिता सिंह, प्राप्त मत १९७८ विजयी
उपाध्यक्ष : नेपाली काँग्रेस, भद्राकुमारी शाही, प्राप्त मत १५३२

 

 

२०७४ जेठ ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्