Birendranagar Municipality

ट्राफिक कार्यालय सुर्खेतले ८७ लाख ८९ हजार राजश्व संकलन गर्‍यो

एक वर्षमा सडक दुर्घटनाबाट सुर्खेतमा ३५ को मृत्यु
सेरोफेरो

१० साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्षमा ८७ लाख ८९ हजार राजश्व संकलन गरेको जनाएको छ । सवारी चालक अनुमती पत्र नबोकेका, म्याद नाघेका, क्षमता भन्दा बढि यात्रु बोकेका, माधकपदार्थ सेवन गरी सवारी साधन चलाएका लगाएतका शिर्षकबाट कार्यालयमा उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।


त्यस्तै जिल्लामा भएका विभिन्न ७८ वटा सवारी साधन दुर्घटनामा परी सुर्खेत जिल्लामा ३५ जनाले ज्यान गुमाएका छन् भने ७० जना शक्त घाईते भएका छन् । साना ठुला गरी एकवर्षमा भएका ७८ सवारी साधन दुर्घटनाबाट २ सय ६० जना सामान्य घाईते भएको कार्यालयले जानकारी दिएको छ ।


आर्थीक वर्ष २०७३/७४ मा ६९ लाख २८ हजार ५ सय रुपैयां राजश्व संकलन भएपनी यो वर्ष भने राजश्व केहि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरी विसीले बताए ।


उनले भने ‘यो वर्ष अघिल्लो वर्षभन्दा राजश्व केहि बढेको छ । सवारी साधनको वृद्धिसंगै ट्राफिक प्रहरीको सक्रियता पनी बढेकोले राजश्व केहि बढेको हो ।’ उनी थपे ‘अझैपनी ट्राफिक नियमको पुर्णरुपमा पालना गरेर हिड्नेको संख्या एकदमै कम छ । राजश्व छलेर हिड्नेहरुको सडकमा ठुलै गिरोह छ ।’

२०७५ साउन १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्