११ साउन । डा. गोविन्द केसीले २७ औं दिनमा अनशन तोडेका छन् । उनले १५ औं अनशन कर्णाली प्रदेशको जुम्लाबाट शुरु गरेका थिए । सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा सुधारका बारेमा सहमति भएपछि उनले अनशन तोडेका हुन् ।
बिहिबार राती केसी र सरकार पक्षबीच ९ बुँदे सहमतिमा हस्ताक्षर भएको हो । सहमतिपश्चात् केसीलाई पूर्व सभामुख सुभासचन्द्र नेम्वाङ र केदारभक्त माथेमाले जुस खुवाएर अनसन तोडाएका हुन्। लामो बहस पछि सरकार काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेज नखोल्न सहमत भएको छ ।
दुवै पक्षको सहमतिमा विधेयकको दफा १२ मा संशोधन भएमा ऐन प्ररम्भ भएको मितिले १० वर्षसम्म काठमाडौं, भक्तपुर, ललितपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान गरिने छैन भन्ने व्यवस्था गरिनेछ ।
सहमतिको पूर्णपाठ :





यो पनि पढ्नुहोस् :
डाक्टर गोविन्द केसीले जुम्लामा अनसन बस्न नपाउने
डाक्टर केसीको अनसन जारी, कर्णालीका स्वास्थ्यकर्मीले आन्दोलन फिर्ता लिए
डा. गोविन्द केसीका समर्थकद्वारा सामूहिक अनशन शुरु
डा. केसीको सत्याग्रह २६ औँ दिनमा, सहमति जुटाउने प्रयासमा वार्ता हुँदै
प्रतिकृया दिनुहोस्