११ साउन । चितवन इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा शुक्रबार भएको यात्रुबहाक बस दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। चितवन प्रशासनले दिएको जानकारीअनुसार घटनास्थलमा ४ जनाको शव भेटिएको हो भने उपचारका लागि भरतपुर पुर्याइएका ३ घाइतेको पनि मृत्यु भएको हो।
मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको ना ५ प ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाई बस त्रिशुली नदी किनारमा खसेको हो। सडकबाट करिव सय मिटर तल खसेको बस खोंचमा अड्किएको थियो। दुर्घटनामा मृत्यु भएका केहीको मात्रै पहिचान खुलेको छ।
पाल्पा बेगनाशकालिकाको ३२ वर्षका अर्जुन न्यौपाने, तनहुँ केशवटारका ४० वर्षका बाबुराम तिवारी, काठमाडौंका ३० वर्षका रबीन गुरुङ, तनहुँ भन्सारका २७ वर्षिया कमला श्रेष्ठ र तनहुँ भानु ५ का सुमित श्रेष्ठको सनाखद भएको हो।
एक बालक र एक महिलाको सनाखद भएको छैन। २१ घाइतेको भरतपुर चितवनस्थित पूरानो मेडिकल कलेजमा उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए।
प्रतिकृया दिनुहोस्