Birendranagar Municipality

सिम्तामा एमाले विजयी

सिम्तामा एमाले विजयी

सेरोफेरो
४ जेठ, सुर्खेत । सिम्ता गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कबिन्द्रकुमार केसी सहितको प्यानल निर्वाचित भएको छ ।

 

केसीले नेपाली काँग्रेसका उमेदवार खड्क पोखरेललाई सात सय ५१ मत अन्तरले पराजित गरी अध्यक्ष पदमा विजयी भएका हुन् । उनले पाँच हजार तीन सय ५५ मत प्राप्त गरेका थिए ।


सिम्ता गाउँपालिकाको उपाध्यक्षमा चन्द्रकला शाही निर्वाचित भएकी छन् ।

 

सिम्ताका नौ वडामध्ये २, ७ र ९ मा नेपाली काँग्रेस र बाँकी छ वडामा नेकपा एमालेका उमेदवारहरु वडाध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन केन्द्रले जनाएको छ ।

२०७४ जेठ ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्