१२ साउन । गण्डकी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. गिरिधारी शर्मा पौडेललाई नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई उपाध्यक्ष नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए । ३ सदस्यीय आयोगमा अब १ महिलासहित २ जनाको नियुक्ति गरिने पनि बस्नेतले बताए ।
उपाध्यक्ष पौडेल हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन् । उनी आयोग अन्तर्गत योजना अनुगमन तथा मूल्याकंन, क्षमता सुदृढीकरण आयोजनाका राष्ट्रिय आयोजना प्रबन्धक हुन् ।
थाइल्यान्डको प्रसिद्ध एशियन इन्टिच्युट अफ टेक्नोलोजी (एआइटी) बाट डेभलपमेन्ट प्लानिङमा एमएस्सी र पिएचडी गरेका पौडेल स्याङ्जाका बासिन्दा हुन् ।
प्रतिकृया दिनुहोस्