१२ साउन । बलिउडमा धेरै हेर्न चाहेको विवाह मध्ये एक हो, दीपिका पादुकोण र रणविर सिंहको विवाह । रामलिलाका यी जोडीको विवाहको चर्चा पछिल्लो एक वर्षदेखि हुँदै आएको छ ।
यो जोडिको विवाह आउँदो नोभेम्बरमा हुँदैछ । बलिउडमा रुचाइएको यो जोडीले अब लगन गाँठो कस्दैछन् । धेरैलाई हेर्न रहर लागेको होला आफ्नो ‘लेडि लव’ लाई रणविरले गुलाबको फुल दिएको । यो विवाहको बारेमा सुनेर कति फ्यानलाई जलन पनि होला ।
बलिउडका चर्चित जोडीले यसै वर्षको अन्तमा विवाह गर्दैछन् । उनीहरुले इटलीको लेक कोमोमा विवाह गर्ने भएका छन् । सन् २०१७ मा विराट कोहली र अनुष्का शर्माको जस्तै अब दीपिका र रणविरको विवाह इटालीमा हुँदैछ । उनीहरुले विवाह गर्ने ठाउँ भने फरक हुन सक्ने भन्ने खबर छ ।
यो जोडी मनमोहक दृष्यसहितको धेरै सुविधायुक्त होटलमा विवाह गर्दैछन्, इटलीको लेक कोमोमा । यो तालमा ए ग्रेडका सेलिब्रेटिहरुको विवाह भइसकको छ ।
अमेरीकी कलाकार जर्ज कुलुनी, अमेरीकन गायिक म्याडोना, बेलायतका व्यापारी रिचार्ड ब्रानसनजस्ता सेलेब्रेटीले त्यो ठाउँमा विवाह गरिसकेका छन् ।




प्रतिकृया दिनुहोस्