Birendranagar Municipality

घाँस काट्न क्रममा भीरबाट खसेर मृत्यु

सेरोफेरो/सुर्खेत

१२ साउन । घाँस काटनेक्रममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । सुर्खेतको लेकवेशी नगरपालिका ६ की ३५ बर्षीय मोती सुवाल घाँस काट्ने क्रममा भीरबाट खसेपछि उपचारको लागि नेपालगञ्ज लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

उनको लाश पोष्टमार्टमको लागि मेहेलकुना अस्पतालमा राखिएको घ । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

यस्तै गत बिहिबार घरबाट हराएको बालक मृत अवस्थामा खोलामा फेला परेको छ । सुर्खेतको बराहताल गाउँपालिका ५ सोतखोलाका ३ बर्षीय बाबुराम भण्डारी झुलखोला भन्ने स्थानमा मृत अवस्थामा भेटिएको हो ।

 

लाश पोष्टमार्टम गरी सतगदका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खोला तर्दै गर्दा बालकको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

२०७५ साउन १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्