१२ साउन । जिल्लाकै विकट सुख्खा क्षेत्र मानिने पलाता गाउँपालिकाको धौलागोह र खिनमा खानेपानीकोे चरम अभाव भएको छ ।
खानेपानीको अभाव भएपछि धौलागोह गाउँका स्थानीयबासी दुई घण्टा पैदल हिँडेर पानीको मुहानमा जाग्रम वस्नु पर्ने अवस्था आएको छ ।
खानेपानीको क्षेत्रमा काम गर्ने निकायको लापरबाहीका कारण ग्रामीण क्षेत्रमा खानेपानीको अभाव भएको स्थानीयबासीले बताए ।
जिल्लामा एक दर्जन भन्दा धेरै गैरसरकारी संस्था र सरकारी कार्यालय भएपनि पलाता गाउँपालिकामा खानेपानीको ठूलो समस्या रहेको स्थानीय पूर्ण उपाध्ययले वताए । उनले भने ‘गाउँमा पिउने पानी छैन । शिक्षण र स्वास्थ्य संस्थामा उस्तै हालत छ ।’
पलाता गाउपालिका ३ र ४ वडाका ८० घरधुरीका स्थानीयवासीले खानेपानीको अभाव झेल्नु परेको छ ।
धौलागोह र खिन गाउँमा वनजङ्गल नभएको सुख्खा क्षेत्र धेरै भएकाले पानीको अभाव हुने गरेको हो । विगत लामो समयदेखि यहाँका स्थानीयले पानीको अभाव झेल्दै आएको स्थानीय राजवहादुर वमले बताए । पलाता गाउँपालिकाले संधै पानीको अभाव भोग्नुपर्ने बाध्यता भएको बताउँदै उनले भने ‘पानीका लागि रातभर हिँडेर कर्णाली नदीको पानी लिन जानुपर्ने अवस्था छ ।’
गाउँभन्दा पनि सदरमुकाममा पानीको समस्या बढी देखिएको मान्मका स्थानीयबासीले बताए । कालिकोटमा ८० प्रतिशत खानेपानीको पुहँच पुगेको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले तथ्याङ्कमा देखाएको खानेपानी सरसफाई तथा सव डिभिजन कार्यालयका निमित्त प्रमुख देवानन्द धितालले बताए ।
नेपालको संविधान २०७२ धारा ३५ उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वाच्छ खानेपानी तथा सरसफाइमा पहँुचको हक हुनेछ भनि उल्लेख गरिएको भएपनि यहाँका नागरिक खानेपानीको सुविधाबाट बञ्चित भइरहेका छन् ।
प्रतिकृया दिनुहोस्