Birendranagar Municipality

प्यूठानमा अघोषित लोडसेडिङ्ग कहिले सम्म ?

प्यूठानमा अघोषित लोडसेडिङ्ग कहिले सम्म ?

मदन खडका
४ जेठ, प्यूठान। प्यूठानमा विद्युत अनियमित रुपमा आउने जाने गर्दा सरोकारवालाले सास्ती वेहोर्नु परेको छ । लोडसेडिङ्गको स्थायी तालिका जारी नहुँदा खासगरी विद्यार्थी, इलेक्ट्रोनिक व्यवसायी र सर्वसाधारण मर्कामा परेका छन् ।


‘अनियमित विद्युत आउने जाने गर्नाले व्यवसाय नै धरापमा परेको छ’ झिम्रुकका मोवाईल मर्मत व्यवसायी मोहन कुमार वुढा भन्छन्, ‘देश लोडसेडिङ्ग मुक्त भैसक्यो भन्छन् हामिले अनुभव नै गर्न पाएका छैनौँ ।’ उनी जस्ता दर्जनौँ व्यपारीले यस्तो समस्या भोगिरहेका छन् । अघोषित लोडसेडिङले गर्दा कुनै वैकल्पिक व्यवस्था गर्न नसकिएको व्यवसायीहरुको गुनासो छ ।


अनियतिम विद्युतको कारण कम्युटर पढिरहेका विद्यार्थीको उत्साहमा समेत कमी आएको छ । आई. टि. पार्कमा कम्प्युटर अध्ययन गरिरहेका बोमबहादुर परियारले भने ‘सधै कम्प्युटर सिक्न आयो वस्दा नवस्दै लाईन काटीन्छ । फेरी आउँदा अन गरेर चलाउन खोज्यो एकैछिनमा फेरी जान्छ ।’ विद्युतकै कारण कम्प्युटर सिक्ने रुचि पनि कम हुँदै गएको उनले बताए । 

विद्युत अनियमितताबारे बुझ्दा विद्युत प्राधिकरणका कर्मचारीहरु सकभर पन्छिन खोज्छन् । संधैजसो पावरहाउसवाटै सिस्टममा समस्या आएको बताउँदै आएका छन् । प्युठानमै झिमरुक जलविद्युत आयोजनाबाट १२ मेगावट विद्युत उत्पादन हुन्छ । यसको पनि प्रभावकारी वितरण हुन सकिरहेको छैन ।


मौसमको गडवडि, पावरहाउसमा आउने सिस्टमको समस्या, प्यूठान वाट अर्गाखाँचि जोडिएको लाईन एउटै भएको कारण विद्युत अनियमित हुने विद्युत प्राधिकरणका प्राविधिक प्रमुख मुकुन्द पाण्डेले बताए । साथै उनले समस्याको समाधान भइसकेको भन्दै नियमित वनाउने प्रयास गरिरहेको जानकारी गराए ।


अहिले प्यूठानमा दैनिक करिव ३ घण्टा लोडसेडिङ्गका हुने गर्दछ । यदि लोडसेडिङ्गको तालिका बनाएको भए व्यवसायीले वैकल्पीक व्यवस्था गर्ने । कहिले काहिँ दिन भरी पनि लाईन नहुने समस्या हुन्छ ।

२०७४ जेठ ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्