Birendranagar Municipality

लाइसेन्स आवेदन खुल्यो, प्रदेश २ मा भने अन्यौल

सेरोफेरो/काठमाडौं
लाइसेन्स आवेदन खुल्यो, प्रदेश २ मा भने अन्यौल

१४ साउन । डेढ महिनादेखि बन्द ए, बी र के वर्गका सवारी चालक अनुमति पत्रको आवेदन आइतबारबाट खुलेको छ। आवेदन दिन चाहनेले अनलाइनबाटै फारम भर्नुपर्नेछ। 


यातायात व्यवस्था विभाग स्मार्ट लाईसेन्स छपाईमा केन्द्रित रहँदा आवेदन खुलाउन ढिलासुस्ती भएको विभागका प्रवक्ता तुल्सीराम अर्यालले बताए । साउन १ दखि खुल्ने भनिए पनि १३ दिन ढिलो आवदन खुलका हो । आवेदन नखुल्दा लाइसेन्स लिनबाट धेरै बञ्चित भएका थिए ।

 

६ वटा प्रदेशमा आवेदन खुलेपनि २ नम्बर प्रदेशमा भने आवेदन खुल्न सकेको छैन। प्रदेश सरकारले नै लाइसेन्सको व्यवस्थापन गर्न पाउनुपर्ने भन्दै प्रदेश नम्बर २ को सरकारले आवेदन रोकेको हो। प्रदेश नम्बर २ मा जनकपुर, लाहान र वीरगंज गरी तीन वटा कार्यालयमा लाइसेन्स आवेदन रोकिँदा हजारौं सेवाग्राही मारमा परेका छन्।

 

शुक्रबार प्रदेशका भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले कार्यालय प्रमुखहरुलाई बोलाएर प्रदेशको नीति नियम अनुसार कार्य संचालन गराउन निर्देशन दिएका कारण आवेदन खुलाउन नसकिएको यातायात व्यवस्था कार्यालय जनकपुरका निमित्त कार्यालय प्रमुख कोपेन्द्र कुमार यादवले जानकारी दिए।

 

यता विभगले भने प्रदेश सरकारले ऐन अनुसारकै कुरा गरेपनि प्रदेश सरकारको पुर्वाधार तयार नभएका कारण केन्द्रले नै हेर्नु परेको जनाएको छ। विभागले झण्डै डेढ महिनाअघि आर्थिक वर्षको राजश्व संकलनको हिसाव गर्न भन्दै लाइसेन्सको आवेदन देशभर बन्द गरेको थियो।

२०७५ साउन १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्