Birendranagar Municipality

नयाँ दिल्लीबाट उद्धार गरिएका १६ महिलालाई नेपाल ल्याईयो

देशसञ्चार
नयाँ दिल्लीबाट उद्धार गरिएका १६ महिलालाई नेपाल ल्याईयो

 १५ साउन । भारतको नयाँ दिल्ली भएर गैरकानुनी रुपमा विदेश जान लागेका १६ महिलालाई उद्धार गरी नेपाल ल्याईएको छ।

 

भारतस्थित नेपाली राजदूतावास र भारतका महिला अधिकारकर्मीको सहयोगमा अवैधमार्ग भएर गैरकानुनी रुपमा विदेश जान लागेकाहरुलाई भारतको राजधानी नयाँ दिल्लीबाट अघिल्लो साता उद्धार गरिएको थियो।

 

नयाँ दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याईएका उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले लिएको छ।

 

नेपाल भएर विदेश जादाँ श्रम स्विकृति आवश्यक पर्ने हुदाँ नेपालले महिलालाई विदेश जान प्रतिबन्ध लगाएका देशमा नयाँ दिल्ली भएर जाने नेपालीको संख्या ठूलो भएको अनुमान छ।

२०७५ साउन १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्