Birendranagar Municipality

गुर्भाकोट नगरपालिकामा काँग्रेस विजयी

सेरोफेरो

४ जेठ, सुर्खेत । गुर्भाकोट नगरपालिकामा नेपाली काँग्रेसका हस्त पुन दश हजार ६३ मत प्राप्त गरी मेयर पदमा निर्वाचित भएका छन् । एमालेका देव बहादुर खत्रीले सात हजार एक सय २३ मत ल्यायका छन् ।

 

त्यस्तै माओवादी केन्द्रका हिरा बहादुर थापाले एक हजार पाँच सय ९१ मत पाएका छन् । राप्रपाका भक्त रानाले एक सय २७ प्राप्त गरेका छन् ।



उप-मेयरमा नेपाली काँग्रेसकी मैना विक नौ हजार नौ सय ७४ मतका साथ विजय हाँसिल गरेकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सुशीला विकले सात हजार एक सय ६६ मत प्राप्त गरेकी छन् ।

२०७४ जेठ ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्