१६ साउन । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजमा जेठदेखि नै गीततहरु बजारमा आइरहेका छन् । यसैविच पत्रकारीतालाई मुल पेशा बनाएका कर्णाली प्रदेशका दुई पत्रकाहरुका गीतले पनि चर्चा कमाएका छन् ।
पत्रकार धनबिर दाहाल, रुकुम- ‘चेलीको ममर्’
दाहालका यस अघिका गीतले समाजमा छुट्टै पहिचान स्थापित गरेका छन् । राष्ट्रियता र चेतनामुलक गीत लेख्ने दाहालले यसपटकको तीजमा आफ्नै शब्द तथा लयमा महिलाहरुको बेदनालाई समेटेर चेलिको मर्म ल्याएका छन् ।
मौलिक भाकामा तयार गरिएको गीतमा शान्ती श्री परियार र अमीत बाबू रोकायको स्वर रहेको छ । मोडल बिमल अधिकारी र टीका जैसीले अभिनय गरिएको उक्त गीतको भिडीयोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् ।
गीता थापा, सुर्खेत ‘शिरै लाउनी शिरफुल मेरो’
तीज गीतमा विकृति भित्रिएको भन्ने जनजुनासो आईरहेका बेला पत्रकार गीता थापाले मौलिक तीज गीत ‘शिरै लाउनी शिरफुल मेरो’ बजारमा ल्याएकी छन् ।
गीता थापा, मानसिंह खड्का, शेरबहादुर आचार्य, सुनिता बुढा र सीमा परियारको आवाज रहेको उक्त गीतको शब्द तिलक केसी र पतिराम रोकायले लेखेका हुन । गीतमा सुरेश पुनको लय रहेको छ ।
प्रतिकृया दिनुहोस्