१६ साउन । सरकारले कृषि तथा वनविज्ञान विश्वविद्यालयसंग सम्बन्धन लिएका आठ वटा कलेजको सम्बन्धन खारेज गरिदिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि सबै विश्वविद्यालयहरुलाई सम्बन्धन प्रक्रिया अघि नबढाउन निर्देशन दिएको पनि सचिव बरालले बताए।
सरकारले जनशक्ति प्रक्षेपण, विश्वविद्यालयको वर्गीकरण र उच्चस्तरीय शिक्षा आयोगको कामलाई प्रभावित हुन नदिन पनि विश्वविद्यालयलाई कलेजहरूको सम्बन्धन नदिने निर्णय गर्नु परेको स्पष्ट पारेको छ। नयाँ शैक्षिक रणनीति बनाउनुपर्ने भएकाले तत्काल कलेजहरूलाई सम्बन्धन नदिने निर्णय गरिएको बरालले बताए ।
सरकारले जनसंख्याको आधारमा सबै प्रदेशमा कलेजहरूको उचित व्यवस्थापन गर्न पनि आन्तरिक गृहकार्य सुरू गरेको छ। जसका लागि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले रणनीति काम थालिसकेको छ ।
प्रतिकृया दिनुहोस्