१६ साउन । उच्च अदालत सुर्खेतले आर्थिक वर्ष २०७४/७५ मा दर्ता भएका १४४३ मध्ये १०५१ मुद्दा फर्छ्योट गरेको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका ३९२ मुद्दासहित यो आर्थिक वर्षमा १ हजार ५१ मुद्दा टुँगो लगाइएको अदालतले जनाएको छ ।
बुधबार अदालतले पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार पाखरेलले सर्वसाधारणलाई सूचनाको अधिकार भएकाले उक्त जानकारी गराइएको बताए ।
उच्च अदालत सुर्खेत मातहतको दैलेख जिल्ला अदालतबाट जिम्मेवारी सरी आएका ५४ र यो बर्ष दर्ता भएका १५६ मध्ये १५८ मुद्दा फर्छ्योट भएका छन् । यस्तै जाजारकोट जिल्ला अदालतबाट जिम्मेवारी सरी आएका ३२ र यो वर्ष दर्ता भएका १९३ मध्ये १८२ मुद्दा फर्छ्योट भएको उच्च अदालत सुर्खेतले जानकारी दिएको छ ।
यस्तै सल्यान जिल्ला अदालतमा जिम्मेवारी सरी आएको ७५ र यय बर्ष दर्ता भएका २७१ मध्ये २७१ मुद्दा फर्छ्योट भएको र ७५ मुद्दा निर्णय हुन बाँकी छन् । पोखरेलका अनुसार रुकुम जिल्ला अदालतमा जिम्मेवारी सरी आएका ८७ र यो वर्ष दर्ता भएका ३६४ मुद्दामा ३३४ मुद्दा फर्छ्यौट भएका छन् ।
यसैगरी उच्च अदालत सुर्खेतमा मेलमिलापका लागि आर्थिक वर्ष २०७४/७५ मा जम्मा २३ मुद्दा दर्ता भएको अदालतले जानकारी दिएको छ । मेलमिलापमा दर्ता भएका जम्मा मुद्दामा २१ मुद्दा फर्छ्यौट भएका छन् भने २ वटा मुद्दा बाँकी रहेका छन् ।
यस अवधीमा उच्च अदालत सुर्खेतले १९३ मुद्दामा वैतनिक सेवा प्रदान गरेको समेत पोखरेलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्