Birendranagar Municipality

शिव महोत्सवमा सवा १ करोड दान संकलन

सेरोफेरो/सुर्खेत
शिव महोत्सवमा सवा १ करोड दान संकलन

१६ साउन । यही साउन ७ गतेदेखी वीरेन्द्रनगर ९ को शिब मन्दिरमा शुरु भएको शिब महोत्सवमा करिब सवा १ करोड दान संकलन भएको छ ।


महोत्सवको १० औं दिन बुधबार महोत्सबबाट करिब १ करोड १ लाख ११ हजार रुपैयाँ दान संकलन भएको शिब महोत्सव प्रचारप्रचार संयोजक मिलन श्रेष्ठले जानकारी दिए ।


त्यस्तै महोत्सवको १० औं दिनमा पनि साढे १६ लाख दान संकलन भएको छ । विभिन्न दानदाताहरुले आज मात्रै उक्त रकम दान गरेका हुन् ।


कर्णाली प्रदेशको राजधानीमा रहेको शिव मन्दिरलाई प्रशिद्ध धार्मीक तथा पर्यटकिय स्थलको रुपमा परिचित बनाउनको लागि आयोजना गरिएको महोत्सवको अन्तिम दिन भोलीपनि दान संकलन हुने अनुमान गरिएको आयोजकले बताएको छ ।


आजसम्म करिब २० हजार भक्तजनहरुले मेलाको अवलोकन गरको आयोजकले जानकारी दिएको छ ।

 

२०७५ साउन १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्