मिना बुढाथोकी
४ जेठ, सल्यान । नेकपा एमाले सल्यानका अध्यक्ष गोविन्द पुन वनगाड कुपिण्डे नगरपालिकाको मेयरमा विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटव्युरो सदस्य कर्ण बहादुर बुढाथोकीलाई ९३ मतान्तरले पराजित गर्दै पुन मेयेर बनेका हुन । उनले ५ हजार ७७ मत पाएका छन् भने बुढाथोकीले ४ हजार ९ सय ८४ मत प्राप्त गरेका छन् । दुवै जनाले जिल्लाको नेतृत्व सम्हालेका छन् ।
उपमेयेरमा नेकपा माओवादी केन्द्रले जितेको छ । बनगाड कुपिण्डे नगरपालिकामा मेयेर र उपमेयेरमा कांग्रेस र एमालेको गठवन्धन बनेको थियो । उक्त गठवन्धनलाई तोड्दै नेकपा माओवादी केन्द्रकी मञ्जु यरीले ४ सय ६ मतान्तरले जित हात पारीन ।
उनले नेपाली काँग्रेसको तर्फबाट उपमेयेरको उम्मेदवार बनेका दिपेन्द्र विष्टलाई पराजित गरीन । मञ्जुले ४ हजार ८ सय ६२ मत प्राप्त गरिन भने विष्टले ४ हजार ४ सय ५६ मत प्राप्त गरे । कुल मतदाता १६ हजार ३ सय १५ रहेको बनगाड कुपिन्डे नगरपालिकामा १२ हजार १ सय ७ मत खसेको थियो ।
एमाले नेता तथा सांसद प्रकाश ज्वाला, नेता गुलाबजंग शाह लगायतको गृह क्षेत्र रहकाले पनि बनगाड कुपिन्डे नगरपालिका ‘इज्जतको सवाल’ बनाएर एमाले नेताहरुकै विशेष पहलमा कांग्रेससँग मिलेर चुनाव लडिएकाएमाले नेताहरुले बताएका थिए । माओवादी केन्द्रले पनि जिल्ला संयोजक नै लडेको र ठूला दुई पार्टीको गठबन्धन तोड्न सके ‘ऐतिहासिक जीत हुने’ विश्लेषण गर्दै चुनावी दौडमा होमिएको थियो ।
नेकपा एमाले र काँग्रेसको गठवन्धन भनेको सो ठाउमा गठबन्धन भने फापेन । गठवन्धनका सहयात्री उपमेयेरका उम्मेदवार विष्ट पराजित भएपछि कांग्रेस भने एमालेसँग चिढिएकोे छ ।
यससँगै सल्यान जिल्लाका १० स्थानिय तह मध्ये नेकपा एमालेले ४ तहमा जित्दै अहिले सम्म जिल्लाको पहिलो बनेको छ । माओवादी र काँग्रेसले हाल सम्म दुई दुई स्थानिय तहमा जित हात पारेका छन् ।
प्रतिकृया दिनुहोस्