Birendranagar Municipality

दुई तिहाइको दम्भले सर्वोच्चमा सरकारको हस्तक्षेप : कांग्रेस

सेरोफेरो/काठमाडौं

१९ साउन । दुई तिहाइको आडमा सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको नेपाली कांग्रेसले बताएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सम्मिलित बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

 

प्रधानन्याधीशमा सिफारिस भएका दीपकराज जोशीलाई शुक्रबार संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि पार्टीको धारणा धारणा तय गर्न देउवाले बैठक डाकेका थिए ।

 

बैठकमा सहभागी एक नेताका अनुसार व्यक्ति प्रधानन्यायाधीश हुनु वा नहुनुमा भन्दा पनि प्रक्रिया गलत भयो भन्ने कांग्रेस बैठकको निष्कर्ष हो। प्रक्रिया मिचेर दुई तिहाइका दम्भले गरेका निर्णयविरुद्ध सडकदेखि संसदसम्म आवाज उठाउने कांग्रेसको तयारी छ।

 

शुक्रबार काँग्रेसले संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरी मतदानमा समेत भाग लिएको थिएन ।

२०७५ साउन १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्