२०, साउन । मुसीकोट नगरपालिका ५ सेरीगाउँ स्थित यमूना नन्द नमूना माध्यामिक विद्यालयमा सिसी क्यामरा जडान गर्नुका साथै डिजिटल हाजिरी प्रणालीको सुरुवात गरिएको छ ।
विद्यालयको प्रशासनिक कामलाई चुस्त दुरुस्त बनाउन र प्रभावकारी शिक्षण सिकाईका लागि यस्तो व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक दामोदर पौडेलले बताए ।
मुसीकोट नगरपालिकाको एकलाख ५० हजार रुपैयाँ सहयोगमा सामाग्री खरिद गरी जडान गरिएको विद्यालयले जनाएको छ । अहिले ८ वटा कक्षाकोठामा सिसी क्यामरा जडान गरिएको र आगामी दिनमा सबै कक्षामा क्रमशः थप गर्दै जाने योजना रहेको प्रअ पौडेलले जानकारी दिए ।
सिसी क्यामरा र इलेक्ट्रोनिक हाजिरीले गर्दा अनुगमन, नियमन प्रभावकारी हुने र अनियमितता घटने विद्यालय प्रशासनको अपेक्षा छ ।
उक्त विद्यालयमा मुसीकोट नगरपालिकाको सहयोगमा दिवा आवासीय कक्षा समेत सञ्चालन गरिएको छ । जस अन्तर्गत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुका लागि दिउँसोको खाजा व्यवस्था गर्नुका साथै बेलुकी ४ बजेदेखि ६ बजेसम्म अतिरिक्त समय पठनपाठन हुने गरेको प्रअ पौडेलले जानकारी दिए ।
कक्षा १२ सम्म पढाई हुने यस विद्यालयमा आठसय ३५ विद्यार्थीहरु २४ जना शिक्षक कर्मचारीहरु रहेको विद्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्