२० साउन । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रिय क्याम्पस कमिटी सचिव मिलन विसीले जन्म दिनमा वृक्षरोपण गरेका छन् ।
आइतबार परेको विसीको जन्मदिनको अवसरमा सुर्खेत स्थित मप विश्वविद्यालय परिसरमा करिव ५० वटा धुपी र बेलका बिरुवा रोपिएको थियो ।
पछिल्ले समयमा जन्मदिनलाई भड्किलो र दुर्व्यसनी तर्फ केन्द्रित गरेर मनाउने परम्परा लाई तोड्दै रचनात्मक कार्य गर्ने उद्देश्यले वृक्षरोपण गरिएको विसीले बताए ।
इन्जिनियरिङ क्याम्पस प्रमुख सोनालाल यादव, अनेरास्ववियु मध्यपश्चिमाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष गगन सिंह ठकुरी लगायत अन्य विद्यार्थी नेताहरुको उपस्थितीमा वृक्षरोपण गरिएको थियो ।
प्रतिकृया दिनुहोस्