Birendranagar Municipality

टीकापुर घटनाका दोषीलाइ माफी

टीकापुर घटनाका दोषीलाइ माफी

सेरोफेरो

४ जेठ, काठमाडौं । सरकारले टीकापुर घटनाका दोषीहरुको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

 

राज्य पुनःसंरचनाको विषयलाई लिएर २०७२ भदौमा टीकापुरमा विभत्स घटना भएको थियो । थरुहट र अखण्ड सूदुरपश्चिम आन्दोलनका पक्षधरहरुबीच झडप हुँदा प्रहरी बरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात प्रहरी र एक बालकको हत्या भएको थियो ।


सरकारले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा लिई घटनामा संलग्न दोषीहरुको मुद्दा फिर्ता लिने निर्णय गरेको हो । मुद्दा फिर्ताको प्रस्ताव तयार गर्न कानुन मन्त्रालयलाई जिम्मा दिइएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।

 

सरकारले स्थानीय चुनावको क्रममा काभ्रेको नमोबुद्धमा मारिएका नवराज पाठक र दोलखाको जुगुमा मारिएका कुलबहादुर तामाङलाई शहीद घोषणा गरी उनका परिवारलाई राहत दिने निर्णय पनि गरेको छ । पाठकलाई बैशाख ३० गते राती नमोबुद्धमा अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो भने माओवादीसंगको झडपमा एमालेका कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो ।

 

मन्त्रिपरिषद बैठकले चालु संसद अधिबेशन अन्त्य गरी जेठ ८ गते बजेट अधिवेशन आव्हानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको पनि प्रवत्ता कार्कीले बताए ।

 

२०७३ जेठ ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्