२२ साउन । निशान खड्का नाम गरेका ११ वर्षीय बालक आइतबार साढे चार बजेदेखि हराए । हराएको लामो समयसम्म उनी सम्पर्कमा आएनन् । उनका बुबा अहिले वैदेशिक रोजगारीमा छन् । आमा चमेली खड्काको मोबाइलमा अपरिचितले राति ९ बजे बच्चा अपहरणमा परेको र ४० लाख फिरौति माग गरेपछि घटना बाहिरियो ।
बच्चा अपहरणमा परेपछि प्रहरीको टोली शंकास्पद क्षेत्रमा खोजी कार्यमा लाग्यो । खोजी कार्यमा जुटेको प्रहरीको टोलीले श्याम लवटको निर्माणाधीन घरमा साढे १२ बजे अपहरित बालकको शव भेटियो । शव सानो खाल्डोमा पुरेको अवस्थामा भेटिएको हो । बालकको हत्या गरेर भागेका दुई अपहरणकारीलाई प्रहरीले व्यापक खोजी गर्यो ।
अपहरणकारी भागेर पाइलट डाँडातर्फ भागेको प्रहरीले सूचना पायो । सोहीक्रममा अपहरणकारीले सूर्य विनायक नगरपालिका वडा नम्बर ८ मा रहेमा सूर्य विनायक सामुदायिक जंगलमा प्रहरीमाथि गोली चलाएको थियो । त्यसपछि प्रहरी जवाफी फायर गर्यो ।
मृतक अपहरणकारी अजय तामाङमाथि प्रहरीले आठ राउण्ड चलायो भने गोपाल तामाङमाथि चार राउण्ड गोली चलायो ।
जसमा दुवै अपहरणकारी मारिए । अपहरणकारी गोपाल नुवाकोटका हुन् भने अजय सिन्धुपाल्चोकका हुन् ।
गोपाल चमेलीको होटेलका नियमित ग्राहक रहेको खुलेको छ । अन्त्यमा वर्षौंदेखि खाना र खाजा खुवाएकी चमेलीले तामाङबाट छोरा गुमाइन् ।
प्रतिकृया दिनुहोस्