२७ साउन । वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली शहरको रुपमा विकास गर्न वीङ्स फाउण्डेशन सुर्खेतले ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियानको शुरुवात गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी उक्त अभियान शुरु गरिएको हो ।
बाल रोग विशेषज्ञ एवं फाउण्डेशनका अध्यक्ष डा. नवराज कसील कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली सहरको रुपमा विकास गर्नको लागि अभियान शुरु गरिएको बताएका छन् ।
उनका अनुसार अभियानले बाहिर दखिने फाहरमात्र नभई फोहोरी मानसिकतालाई पनि सफा गर्ने दावी गरेका छन् । अभियान अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई परामर्श गरी (क्लिन क्लब) खोल्ने र उक्त क्लबको माध्यामबाट मान्छेहरुको फोहोरी बानीब्यहोरालाई समेत हटाउने केसीले बताएका छन् ।
अभियान्ता केसीले ग्रिन वीरेन्द्रनगरका लागि तत्काल भर्टिक गार्डेन निर्माण गर्ने बताएका छन् । भर्टिक गार्डेनले हरियाली पनि देखिने र पर्यावरण पनि सफा हुन्छ । बालरोग विषेशज्ञ समेत रहेका डाक्टर केसीले बर्षायाम शुरु भएसंगै मौसमी रोगहरु बढेको र त्यसको प्रमुख कारण घर वरपरको फोहोर नै भएको बताएका छन् ।
वीरेन्द्रनगर ६ का वडा अध्यक्ष मोतिप्रसाद कँडेलले अभियान निकै उत्कृष्ट भएकोले आफूले पूर्ण सहयोग गर्ने बताएका छन् । हरेक शनिबार फरक फरक ठाउँमा अभियान सञ्चालन गरिने भएकाले अभियानमा सहभागी हुन नगरबासीलाई उनले आग्रह समेत गरेका छन् ।
त्यस्तै समाजसेवी भद्र भण्डारीले वीरेन्द्रनगरमा बढ्दो शहरीकरण संगै फोहोर मैला पनि बढदै गएकाले स्वच्छ, सफा र हरियाली वीरेन्द्रनगर निर्माणका लागि प्रत्येक व्यक्तिले आफनो फोहोरको जिम्मा आफैं लिनु पर्ने बताएका छन् ।
अभियानमा वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१८, उषा बालबाटिका माध्यामिक विद्यालय, शान्तिनगर टोल विकास संस्था, सुर्खेत महिला जेसिज, फ्यूचर नेपाल, क्यान सुर्खेत, लियो तथा लाएन्स क्लव लगाएत जिल्ला स्थित क्रियाशील दर्जन बढी संस्थाहरूको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस्