सेरोफेरो
४ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ मा एमालेका उमेदवार थम्मप्रसाद गौतम वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका चन्द्रलाल आचार्यलाई एक सय ९५ मत अन्तरले पराजित गरेका थिए ।
गौतमले आठ सय ९३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी आचार्यले छ सय ९८ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा गौतमको प्यानलै विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्