Birendranagar Municipality

राणाको शोकमा कांग्रेसले ३ दिन झण्डा झुकाउने

सेरोफेरो/सुर्खेत
राणाको शोकमा कांग्रेसले ३ दिन झण्डा झुकाउने

२७ साउन । नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतशम्शेर राणाको शोकमा तीन दिन पार्टी केन्द्रीय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने भएको छ।

 

राणाको साउन २५ गते निधन भएको थियो। लोकतन्त्र र गणतन्त्रको संघर्षमा समर्पित राणाको निधनमा पार्टीले गहिरो दुस्ख व्यक्त गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

कांग्रेसका कार्यबाहक सभापति विमलेन्द्र निधिको अध्यक्षतामा आइतबार बसेको बैठकले साउन २७, २८ र २९ गते झण्डा आधा झुकाउने, २८ गते केन्द्र र जिल्ला कार्यालय बन्द गर्ने, भदौ ६ गते केन्द्रीय कार्यालयमा शोक सभा गर्ने कार्यक्रम कांग्रेसले तय गरेको हो।

 

२०१५ सालको चुनावपछि वीपी कोइराला प्रधानमन्त्री हुँदा गोरखा दलका तर्फबाट विपक्षी दलका नेता राणाको ९० वर्षको उमेरमा शनिबार भारतको कोलकातास्थित निवासमा निधन भएको थियो । 


२००७ सालमा तत्कालीन गृहमन्त्री वीपी कोइरालाको हत्या गर्न खोजेको आरोपमा राणाले जेल सजायँ भोगेका थिए । स्वर्गीय राणाले लोकतन्त्र र गणतन्त्र मार्फत समाज परिवर्तन गर्न सकिन्छ भनेर पुर्‍याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने पनि कांग्रेसको विज्ञप्तीमा उल्लेख छ ।

 

 

२०७५ साउन २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्