२९ साउन । हुम्लामा हेलिकोप्टरको पंखाले चोट लागेर एक जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । पङ्खा घुम्न नरोकिंदै उनी हेलिकोप्टरको पछाडि भागमा जाँदा यस्तो घटना भएको हो ।
धार्मिक तीर्थस्थल मानसरोवर जानका लागि हुम्ला सदरमुकामबाट हिल्साका लागि उडेको मनाङ एयरको कल साइन नाइन एन एएमभी हेलिकोप्टरको पछाडीको पंखाले लागेर उनको मृत्यु भएको हो ।
उक्त हेलिकोप्टर हिल्सामा अवतरण गरेपछि बाहिर निस्कने क्रममा भारतको मुम्बइ घर भएका तीर्थयात्री नगेन्द्र कुमार कार्तिक मेहेताको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।
हेलिकोप्टरमा यात्रा गरिरहेका अन्य तीर्थयात्रीले भने कर्मचारीहरुले सुरक्षाका सन्दर्भमा आफूहरुलाई कुनै जानकारी नदिंदा सहयात्री गुमाउनु परेकोमा भन्दै आक्रोश व्यक्त गरे का थिए । प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि लगिएको छ भने घटनाको जानकारी नेपालस्थित भारतीय दूतावास र मृतकका आफन्तलाई समेत गराइएको छ ।
मनाङ एयरको तर्फबाट घटनाबारे आधिकारिक भनार्इ सार्वजनिक भएको छैन ।
प्रतिकृया दिनुहोस्