सेरोफेरो
५ जेठ सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं ९ मा नेपाली काँग्रेसका सुरेश मानन्धरको प्यानल विजयी भएको छ । उनले नेकपा एमालेका गणेश बहादुर वलीलाइ एक सय ३० मत अन्तरले पराजित गरि वडा अध्यक्षमा विजयी भएका हुन् । मान्नधरले एक हजार दुइ सय ५८ मत पाएका थिए ।
वीनपा का नौ वडामा मत गणना हुँदा हालसम्म मेयर तर्फ नेपाली काँग्रेसका देवकुमार सुवेदीले नौ हजार तिन सय ६२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका बालाराम शर्माले सात हजार नौ सय १७, माओवादी केन्द्रका रत्न गाहाले तीन हजार ५०, स्वतन्त्र उम्मेदवार गेहेन्द्र प्रसाद दहालले नौ सय ६७ मत पाएका छन् ।
उपमेयर तर्फ नेपाली काँग्रेसले आठ हजार नौ सय ६६, नेकपा एमालेले नौ हजार दुइ सय ९९ र माओवादी केन्द्रले दुइ हजार चार सय ९१ मत पाएका छन् ।
वीरेन्द्रनगरका १६ वडा मध्ये सात वडामा मत गणना बाँकी छ ।
प्रतिकृया दिनुहोस्