३० साउन । सुर्खेतका दुई सर्जकले मौलिक लोकभाकाका तीज गीत बजारमा ल्याएका छन् । तीज गीतमा उत्कृष्ट भई विभिन्न पुरस्कार जित्दै आएका कलाकार हरि विष्टले यसपटक माइती देश सम्झेर भन्ने मौलिक गीत बजारमा ल्याएका छन् ।
गीतमा सुर्खेतकै चर्चित मोडल दिपाशा विसीको शब्द तथा अभिनय रहेको छ भने विष्टले लय दिएका छन् । सुर्खेती चेली टिका पुनको स्वर रहेको उक्त गीतलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी छन् ।
यस्तै अर्का सर्जक विशाल ढकालले पनि मौलिक भाकाको तीज गीत डोली चढियो बजारमा ल्याएका छन् । गीतमा नेपाली समाजको मौलिक चित्रण गरिएको ढकालले बताए ।

सिंगारो म्युजिक प्रालिको प्रस्तुती रहेको उक्त गीतमा ढकालकै लय र शब्द रहेको छ भने गायिका टीका पुनको स्वर रहेको छ । मौलिक संस्कृतिलाई संरक्षण गर्ने उद्धेश्यले उक्त गीत सार्वजनिक गरिएको सिंगारो म्युजिक प्रालिका प्रवन्ध निर्देशक समेत रहेका ढकालले बताए ।
डोली चढियोको निर्देशन कलाकार हरी विष्टले गरेका छन् भने दिपाशा विसीले गीतमा अभिनय गरेकी छन् । उक्त गीतको नृत्य निर्देशकमा नन्दा बस्याल, छायाँकनमा राजु केसी र सम्पादनमा प्रबिन भट्ट रहेका छन् ।
ढकालले गत वर्ष भदौरे झरी नामक तीज गीत बजारमा ल्याएका थिए ।
भिडियो हेर्नुहोस् :
माइती देश सम्झेर
डोली चढियो
प्रतिकृया दिनुहोस्