१ भाद्र काठमाडौं । भाद्र १ देखि लागु भएको मुलुकी देवानी तथा फौजदारी संहिता नेपालको कानुनी इतिहासमा नविन तथा आधुनिक रहेको सर्वोच्च अदालतका पूर्व रजिष्टार रामकृष्ण तिमिल्सेना बताएका छन् ।
मुलुकी संहिता लागु भएको दिनको अवसरमा नेशनल ल कलेज सानेपामा विद्यार्थिहरुलाइ संहिताको मुलभुत विषेशताहरु वारे जानकारी दिदै उनले सो कुरा बताएका हुन् ।
उनले भने "आज देखि लागु भएको मुलुकी देवानी र फौजदारी संहिता र कार्यविधिका प्रावधान र कानुनी उपचार समय सुहाउँदो र आधुनिक रहेको छ ।" विश्वका विभिन्न विकसित देशका कानुनहरुमा भएका प्रावधानहरु मुलुकी संहितामा रहेको तिमिल्सेनाको भनाइ छ ।
उनले थपे "कानुनी व्यवस्थाहरु क्रमवद्ध रुपमा राखिएको छ जसले गर्दा न्याय सम्पादन गर्ने र कानुनको अभ्यास गर्नेलाइ समेत यसले सहजता ल्याउछ ।" तिमील्सिनाले मुलुकी संहिता मस्यौदा समितिमा समेत रहेर काम गरेका हुन् ।
प्रतिकृया दिनुहोस्