Birendranagar Municipality

प्रदेश ५ का सबै जिल्लामा नेकपाको सर्वसम्मत नेतृत्व

सेरोफेरो
प्रदेश ५ का सबै जिल्लामा नेकपाको सर्वसम्मत नेतृत्व

२ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश पाँचका सबै जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । नेतृत्व चयनका लागि गठित कार्यदलले सर्वसम्मत रूपमा नेतृत्वको टुङ्गो लगाएको हो ।

 

प्रदेशका सात जिल्लामा पूर्व  एमाले र पाँच जिल्लामा पूर्व माओवादी केन्द्रले नेतृत्व लिने गरी सहमति कायम गरेको कार्यदलले जनाएको छ । कार्यदलले जिल्ला नेतृत्वको सर्वसम्मत टुङ्गो लगाएर केन्द्रीय कमिटिलाई सिफारिस गरिसकेको नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए ।

 

उनका अनुसार पूर्व एमालेका शिव आचार्य दाङ, तुलसीराम शर्मा प्यूठान, छविलाल पोखरेल कपिलवस्तुमा, पीताम्बर आचार्य अर्घाखाँची, गोपाल भट्टराई रुपन्देही, बाला काउत्छा गुल्मी र राधाकृष्ण कँडेलले पाल्पामा नेकपाको नेतृत्व गर्नेछन् ।

 

पूर्व माओवादी केन्द्रबाट बर्दियामा भुवन थारू, बाँकेमा अक्कलबहादुर बम, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ, रोल्पामा सुरेन्द्र घर्ती र नवलपरासीमा घनश्याम यादवले अब नेकपाको नेतृत्व गर्नेछन् ।

 

त्यसैगरी कार्यदलले प्रदेश ५ कमिटीको अध्यक्षमा दुईजना नेताको नाम सिफारिस गरेको छ । कार्यदलले पूर्व एमालेका दलबहादुर राना मगर र पूर्व माओवादी केन्द्रका गणेशमान पुन मगरलाई प्रदेश अध्यक्षमा सिफारिस गरेको छ ।

 

रानामगर पाल्पा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने पुन मगर तत्कालीन माओवादी जनमुक्ति सेनाका डिभिजन कमान्डर तथा पूर्वमन्त्री हुन् ।

२०७५ भदौ २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्