Birendranagar Municipality

आचारसंहिता विपरित निर्वाचनमा वालवालिकाको प्रयोग

सीता वली
५ जेठ, सुर्खेत । बैशाख ३१ गते सम्पन्न स्थानिय तहको निर्वाचनको क्रममा सुर्खेतका विभिन्न ठाँउमा वालवालिकालाई प्रयोग गरिएको पाइएको छ । जिल्ला वालकल्याण समिती सुर्खेतका अनुसार विभिन्न ठूला भनिएका राजनीतिक दलले आफ्ना चुनावि गतिविधिमा वालवालिकालाई प्रयोग गरेका हुन् ।


खासगरी वालवालिकालाई ¥यालीमा सहभागि बनाउने, बाजा बजाउन लगाउने, पोष्टर टाँस्न लगाउने, टि–सर्ट लगाएर आमसभामा लिने तथा प्रचार प्रसारमा अनेक काममा संलग्न बनाइ परिचालन गरिएको जिल्ला बालकल्याण समितीका बाल अधिकार अधिकृत रमा भण्डारीले जानकारी दिइन् ।


निर्वाचनका गतिविधिमा वालवालिकाको प्रयोग भए नभएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय प्रमुखको संयोजकत्वमा जिल्ला वालकल्याण समितीका वालअधिकार अधिकृतको सहकार्यमा जिल्लाका विभिन्न गैहृसरकारी संघ संस्थाहरुको सहयोगमा संयुक्त रुपमा विभिन्न ठाँउमा गइ अनुगमन गरीएको थियो । गुर्भाकोट, लेकबेशी, विरेन्द्रनगर लगाएत ५ वटै नगरपालिकाका विभिन्न स्थानमा गरीएको अनुगमनमा १० देखि १८ वर्षका वालवालिकालाई निर्वाचनमा प्रयोग गरिएको अनुगमन समितिले जनाएको छ ।


‘गालामा राजनीतिक दलको चुनाव चिन्हको ट्याटु, पार्टीको नाम र चुनाव चिन्ह लगाएर विभिन्न प्रचारप्रसारका क्रियाकलापमा स्कुले वालवालीकाहरु प््रायोग गरेको पाइयो’ युथ फर चिल्डे«नका अध्यक्ष विनोद कँडेलले सेरोफेरोसंग भने । निर्वाचनको समयमा विद्यालय बन्द गरीनु तथा जुनसुकै ठाँउमा पनि धेरै जनमास चाहिएको अवस्थामा शिक्षक तथा विद्यार्थिलाई प्रयोग गर्ने प्रबृति भएकोले वालवालिकाको प्रयोग भएको महिला तथा वालवालिका कार्यालयकी प्रमुख जमुना पौडेलको भनाई छ । राजनीतिक पाटो बिशेष व्यक्तिले गर्ने भएकोले यो व्यावसायीक हुनुपर्नेमा उनले बताइन ।


यसरी दलहरुले आफ्नो उद्देश्य पुरा गर्नको लागि वालवालिकालाई प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत हुन जान्छ । आचार संहिताको बारेमा दलहरु जानकार भएपनि वालवालिकाको प्रयोगमा संवेदशिल नभएको प्रमुख पौडेलको ठम्याइ छ । उनका अनुसार राजनीतिमा बालबालीकालाई प्रयोग गर्दा उनीहरुको मनोविज्ञानमा असर पर्नुका साथै बालअधिकार हनन् समेत हुन्छ ।

२०७४ जेठ ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्