३ भदौ । ठुलीभेरी नगरपालिका र काईके गाउँपालिकाको सिमानामा पर्ने पाल्चा खोला नजिक भेरी नदीको पानी बाटो भन्दा माथी आएपछी आवत जावत गर्न समस्या भएको छ ।
पानीले बाटो सबै डुबाएपछी स्थानियहरुलाई जोखिम मोलेर उकालो तथा भिरको बाटो भएर हिड्न पर्ने बाध्यता भएको छ ।
यहाँ मात्र नभएर उपल्लो दुनै देखी काइके गाउँपालिकाको लावन बगर सम्मको बाटो प्राय भत्किएको छ । कतिपय ठाउँमा सबै चर्किएको काइके गाउँपालिका वडा नं ५ का अध्यक्ष राजु रोकाया ले जानकारी दिए ।
यो भत्किएको बाटो लाई निर्माण गर्नको लागी ठुलै रकम चाहिने पनि अध्यक्ष बुढाले बताए । भने ‘यो ठाउँमा अहिले गयो भने माथि भिर बाट रिङ्गटा लाग्ने ठाउँ को यात्रा गर्नु पर्छ, त्यसमा बालबालिका र जेष्ट नागरिक आउन जान नै सक्दैनन् ।’
यसरी बाटो पानीले पुरेपछि आन्तरिक तथा बाह्यि पर्यटकहरु निकै प्रभावित भएका छन् । मान्छेहरु भिरको बाटो जोखिम मोलेर आवत जावत गरेता पनि पशु बस्तु भने ठुलीभेरी नगरपालिकाको थालाको लेक हँुदै घण्टौ लगाएर काईके गाउँपालिकाको ताराकोट पुग्नु पर्ने बाध्यता छ ।
यसरी ढुवानी को रुपमा प्रयोग गरिने घोडा खच्चडहरु लेकको बाटो हिड्दा समय धेरै र खर्चिलो भएको काइके गाउपालीका वडा नं ५ का बासिन्दा पाशाङ राणाले बताइन् ।
केहि समय यता आन्तरिक रुपमा संचालन हुदै आएको उपल्लो दुनै देखी लावन बगर सम्मको जिप सेवा पनि संचालन हुन सकेको छैन ।
प्रतिकृया दिनुहोस्