Birendranagar Municipality

३६ वर्षपछि एसियन गेम्समा नेपालको गोल

सेरोफेरो
३६ वर्षपछि एसियन गेम्समा नेपालको गोल

३ भदौ । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलका पाकिस्तानविरुद्ध नेपालले खेलको १२ औं मिनेटमा गोल गरेको छ । 

 

खेलको ७०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै पाकिस्तानले अग्रता लिएको हो। रोहित चन्दले डिबक्समा ह्याण्ड गरेपछि पाकिस्तानले पेनाल्टी पाएको हो। खेल इन्डोनेसियाको प्याट्रिओट चन्दबागा रंगशालामा चलिरहेको छ ।

 

नेपालको गोलको खडेरी ३६ वर्षपछि तोडिए पनि नेपाली खेलाडीले आफ्नै नाममा गोल लेखाउन भने सकेका छैनन् । पाकिस्तानविरुद्धको गोल आत्मघाती भएको हो । पाकिस्तानका युनस सहबाजले क्लियर गर्न खोजेको बलले जाली चुमेर नेपालले उपहार गोल पाएको हो ।

 

सन् १९८२ को एसियाली खेलकुदका बेला गोल गरेपछि नेपालले गोल गर्न सकेको थिएन । त्यसबेला पहिलो खेलमा वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए । त्यसपछि एसियाली खेलकुदमा नेपालले खेलेका १७ खेलमा ६८ गोल खाएको थियो । यसअघि पहिलो खेलमा जापानसँग १-० ले हारेको नेपाल दोस्रो खेलमा भियतनामसँग २-० ले हारेको थियो ।

२०७५ भदौ ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्