३ भाद्र काठमाडौं । सुचनाको हक लोकतन्त्रमा मात्र सम्भव भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
तानाशाही अवस्थामा बाँच्नपाउने अधिकार समेत नभएको स्मरण गर्दे त्यस्तो काहाली लाग्दो अवस्थावाट आज विभिन्न मौलिक हक सहितको लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरेको बताएका छन् । राष्ट्रिय सुचना दिवशको अवसरमा सुचना आयोग द्वारा संचालित कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रमा बोल्न, लेख्न र सुचना माग्न पाइने बताए ।
प्रधानमन्त्रीले सिंहदरवारको अधिकार गाउँगाउँमा पुर्याउने कार्यमा आवाज उठाएको र आन्दोलन गरेको स्मरण गर्दे अहिले विभिन्न विषयमा विभिन्न स्वरहरु देखिनु स्वभाविक भएको बताए । नाच्न सिक्दा खेरी स्टेप नमिल्नु स्वभाविक भएको बताए । हामीले छानेर ल्याएको प्रणालीमा सिक्दै र सच्च्याउदै जानुपर्ने आवश्यक देखिएको प्रधानमन्त्रीको भनाइ छ ।
कार्यक्रमममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सुचनाको हकको नाममा संचार माध्ययमहरुले मनोमानी गरेको आरोप लगाए । व्यत्तिगत गोपनियताका विषयलाइ समेत समाचार बनाइएको भन्दै मन्त्रीले आक्रोस व्यक्त गरे । सुचनाको हक सवैलाइ भएको र सरकार यसमा प्रतिवद्ध भएको बताउदै मन्त्री बाँस्कोटाले यसको सहि प्रयोग हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सुचना आयोगका आयुक्त यसोदादेवी तिम्सीनाले राष्ट्रसेवक कर्मचारीमा सुचनाको मालिक म हुँ भन्ने भ्रम रहेको बताइन् । यो जनताको नासो हो जनताले माग्न आयको अवस्था दिन कुनै कन्जुस्याँइ गर्न नहुने तिम्सीनाको भनाइ छ । उनले भनिन्- 'सुचना आज पनि चाहिन्छ, भोली पनि चाहिन्छ र यसलाइ निर्वाद प्रबाह गर्न आवश्यक छ ।'
आयुक्त किरण पौडेलले सुचना आयोगको सक्रियताले यसको प्रत्याभुतीमा आसातित नतिजा देखिन थालेको बताएका छन् । कार्यक्रममा बोल्दै सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगले विभिन्न सरोकारवाला निकायहरुसंग सहकार्य गरेको जानकारी गर्दे यसमा आयोग अझै सशक्त तरिकाले लाग्ने बताए । कार्यक्रममा आर्थिक वर्ष २०७४/७५ मा भएका महत्वपुर्ण आदेशहरुको संगालोको विमोचन समेत गरिएको थियो । गत आवमा ११९ उजुरी उपर आयोगले आदेश गरेको छ ।
प्रतिकृया दिनुहोस्