Birendranagar Municipality

सुर्खेतमा नयाँ एसपी

सेरोफेरो/सुर्खेत
सुर्खेतमा नयाँ एसपी

३ भदौ । कर्णाली प्रदशको राजधानी समेत रहेको सुर्खेतमा नयाँ प्रहरी प्रमुख आएका छन् । भर्खरै सरुवा भई आएका प्रहरी उपरिक्षक वसन्त रजौरेले आइतबार जिल्लाका सबै सरोकारवालाहरुसंग भेटघाट गरेका छन् ।

परिचयात्मक कार्यक्रममा रजौरेले सुर्खेती जनतालाई चित्त नदुख्नेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, ‘सुर्खेतमा विशुद्ध सेवा गर्न आएको हो । सेवा गरेरै जान्छु । सुर्खेती जनताको चित्त दुख्नेगरी मैले काम गर्नेछैन ।’ भदौ १ देखि लागू भएको मुलुकी संहिताबारे जनतालाई सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि उनले बताए ।

 

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सुर्खेत प्रदेशको राजधानी समेत भएकोले यहाँको शान्ति सुरक्षा जटील बन्दै गएको बताएका छन् । उनले भने, ‘राजधानीका लागि विशेष सुरक्षाको व्यवस्था गर्नुपर्दछ । यसमा जिल्ला प्रशासन कार्यालय सहकार्य गर्न तयार छ ।’

 

यसअघि सुर्खेतका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदी थिए । 

२०७५ भदौ ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्