४ भदौ । वीरेन्द्रनगरको कालागाउँस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आगलागी भएको छ ।
अस्पताल परिसरमा रहेको मुर्दाघर नजिकै राखिएको जेनेरेटरमा विजुली सट भएपछि आगलागी भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जनानकारी दिए ।
'आगलागीवाट १२ लाख बरावरको जेनेरेटर पूर्ण क्षति भएको छ' बस्नेतले भने । दिउँसो तीन बजे आगलागी भएकोमा खबर गरेको १५ मिनेटमै दमकल आगलागि भएको ठाउँमा पुगेकोले थप क्षति नभएको उनले बताए ।
अस्पताल प्रशासनका अनुसार उक्त जेनेरेटर दुई वर्ष अघि जिआइजेटद्वारा प्राप्त भएको हो । एक पटक बिग्रीएपछि मर्मत गरिएको र पछिल्लो समय नियमित सर्भिसिङ गरिरहेको पनि बस्नेतले बताए ।
समयमै दमकल नपुगेको भए संगै जोडीएको पोष्टमार्ट भवनमा समेत क्षति हुनेथियो ।
आगलागीबाट कुनै मानवीय क्षती भने भएको छैन ।
अद्यावधिक गरिएको ।
प्रतिकृया दिनुहोस्