४ भदौ । सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेतले नगर सुरक्षा कार्यक्रमको आयोजना गरेको छ । वीरेन्द्रनगरको बढ्दो जनसंङख्यालाई ध्यानमा राखी कार्यक्रमको आयोजना गरिएको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमायां ढकालले बताइन ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा एकहप्ता अगाडि मात्रै हांजिर हुन आएका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमा्र यादब, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमख बसन्त रजौरे लगाएत वीरेन्द्रनगर नगरपालिकाका वडाका प्रतिनिधीहरुको उपस्थीती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रजिअ यादबले जिल्लामा कुनै पनि अपराधिक घटना हुन नदिने बताए ।
त्यस्तै प्रहरी प्रमुख बसन्त रजौरेले कर्णालीको राजधानीको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकालाई सुरक्षित बनाउन लागी पर्ने बताएका छन् ।
पछिल्लो समय सुर्खेतमा लागुऔषध, बलात्कार, तथा सडक दुर्घटना र आत्महत्याका घटना बढ्दै गएपछि सबैको ध्यान सामाजीक अपराध तर्फ गएको छ ।
कार्यक्रममा विरेन्द्रनगर ११ का वडा सदस्य नन्दलाल शर्माले वीरेन्द्रनगरलाई सुरक्षित बनाउनको लागी सबैभन्दा पहिले घरेलु मदिराको अन्त्य गर्नुपर्ने सुझाब दिए ।
त्यस्तै १३ का वडा सदस्य भोजप्रसाद ढकालले वीरेन्द्रनगर बजार क्षेत्र वरपरका जंगलहरुमा विभिन्न अश्लिल घटनाहरु देखा पर्ने भएकोले त्यतातर्फ प्रहरीको ध्यान जानुपर्ने बताएका छन् ।
प्रतिकृया दिनुहोस्