Birendranagar Municipality

च्याछरा खण्डमा रोकिएको बिष्फोटन कार्य सुरु

रत्न भण्डारी /हुम्ला
च्याछरा खण्डमा रोकिएको बिष्फोटन कार्य सुरु

५ भदौ । दुई बर्ष देखि सिमकोट हिल्सा सडक खण्डमा कडा चट्टान भएको च्याछरा खण्डको रोकिएको बिष्फोटन कार्य शुरु भएको छ ।

 

सेनाले बिष्फोटक पदार्थ सडक निर्माण स्थल च्याछरामा पु¥याएपछि सो कार्य सुुरु भएको हो । यस अघि बिष्फोटक पदार्थको अभाबमा रोकिएका साढे तीन सय मिटर चट्टानको भागमा हाल बिष्फोटन गर्ने कार्य सुरु भएको सिमकोट हिल्सा सडक आयोजनाका प्रमुख शशांक मिश्रले बताए । 

 

दशंै अगाडीसम्म सबै चट्टानको भाग बिष्फोट गराई सक्ने लक्ष आयोजनाले लिएको छ । सोमबार बिहानसम्म पहिलो पटक एक सय ४० राउण्ड बिष्फोट गरेर दुई मिटर सडकको ट्याक खोल्ने कार्य पुरा भएको निर्माण कम्पनी जयन्ती ऐडीका स्थानीय प्रतिनिध तेज बहादुर महतले बताए ।


बिष्फोट स्थलको सुरक्षाको जिम्मा पाएको नयाँ भैरबी दल गुल्मका गुल्मपति निश्चल पाठकले अहिले बिष्फोट गर्ने कार्य धमाधम भै रहेको र कम्तीमा पनि हप्ताको एक पटक बिष्फोटन गर्नै पर्ने बताए ।


बिष्फोटनका लागि होल खोप्ने काम निर्माण कम्पनीले पटाफट गरे सेना सुरक्षा दिन जहिले पनि तयार रहेको उनको भनाई छ । उनका अनुसार बिष्फोट गर्न सिमकोटको नयाँ भैरबी दल गुल्मबाट एक पटकको लागि ११ जना सेनाको टोली च्याछरामा जाने गरेको छ ।


एक वर्ष अगाडी नै सिमकोट हिल्सा सडक खण्डको प्रारम्भिक ट्रयाक खोलि सक्नु पर्ने भए पनि बिष्फोटक पदार्थको अभावमा निर्माण कार्य रोकिएको थियो ।

२०७५ भदौ ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्